• home
  • about us
  • Product and Services
    • saving service
    • loan services
  • human resources
    • BOARD MEMBERS
    • staffs
  • News Board
    • Recent News
    • BULLETINS
    • REPORTS
  • Photo Gallery
  • Downloads
    • Application Forms
    • Download Calendars
  • Contact
  • Home
  • News
  • स्वास्थ्य शिविर सञ्चालन
Date 2073-01-25

स्वास्थ्य शिविर सञ्चालन

बैशाख २५ गते । उपकार बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा स्वास्थ्य उप-समितिको संयोजन तथा डा. इवामुरा मेमोरियल अस्पताल तथा अनुसन्धान केन्द्र, सल्लाघारी, भक्तपुरको प्राविधिक सहयोगमा नगदेश स्वास्थ्य चौकीमा स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरमा गर्वबती, आङ खस्ने, तल्लो पेट दुख्ने र अन्य प्रसुति तथा स्त्री रोग सम्बन्धी समस्या एवं दाँतको समस्याको निःशुल्क परिक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरेको थियो । कार्यक्रममा करिव १०० जना विरामीहरुले सेवा उपयोग गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्नु हुदै संस्थाका अध्यक्ष श्री कृष्ण बहादुर घःजुले उपकार बचत तथा ऋण सहकारी संस्था लि २०५२ सालमा स्थापना भएको र स्थापना काल देखि नै वित्तीय कारोबार मात्र नगरी विभिन्न सामाजिक कार्यहरु समेत नियमित रुपमा सञ्चालन गर्दै आएको बताउनु भयो । संस्थाले आर्थिक कारोबारको साथै सदस्यहरुको चाहना अनुसारका विभिन्न शीपमुलक, आयमुलय तालिमहरु एवं चेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साथै आजको यो स्वास्थ्य शिविरबाट संस्थाका सदस्यहरु तथा समुदायका अन्य महानुभावहरुलाई समेत लाभ पुग्ने विचार व्यक्त गर्नु भयो ।

शिविरमा जाँच गराउन आउनु हुने विरामीहरुको थप उपचार गर्नु पर्ने भएमा डा. इवामुरा अस्पतालले विशेष सहुलियतका साथ थप उपचार सेवा उपलब्ध गराउने कुरा अस्पतालमा बजार व्यवस्थापक श्री जीवन मारिखु श्रेष्ठले जानकारी दिनुभयो ।

Post navigation

अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नेतृत्व विकास तालिम

Recent News

  • निःशुल्क माटाे परिक्षण शिविरकाे सूचना

    २०७५/०८/२१
  • मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कार्यक्रम”

  • त्यः छिं त्यः कार्यक्रमकाे सूचना

    2075/08/24
  • २३ औं बार्षिक साधारण सभा सम्पन्न

    2074-06-20
  • शिक्षा शिविर तथा अन्तरक्रिया

    2073-10-07
  • १४ औं एक्सेस समीक्षा बैठक सम्पन्न

    2073-10-07
  • संस्था र डा. इवामुरा मेमोरियल अस्पताल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

    2073-09-25
  • व्यावसायिक तालिम सम्पन्न

    २०७५/०८/२४
  • नेतृत्व विकास तालिम

    2073-09-25
  • स्वास्थ्य शिविर सञ्चालन

    2073-01-25
  • अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    2072-09-04

Photo Gallery

SLC SAMMAN SLC SAMMAN BRATABANDHA BRATABANDHA जेष्ठ नागरिक सम्मान कार्यक्रम २०७२ जेष्ठ नागरिक सम्मान कार्यक्रम २०७२

Recent Bulletins

Bulletin of 2074 Shrawan

About

UPAKAR SAVINGS AND CREDIT CO-OPERATIVE SOCIETY LTD. is one of the oldest saving and credit organization in Madhyapur Thimi

Read More

Like Us On Facebook

Upakar Savings & Credit Co-operative Society Ltd.

Important Links

NEFSCUN WOCCU ICA National Cooperative Federation Ministry of Agriculture & Cooperative Department of Cooperative  Ministry of Finance ACCU

Contact Us

Upakar Savings & Credit Co-operative Society Ltd.
Madhyapur Thimi Municipality-7,
Bahakha Bazar, Bhaktapur, Nepal
Phone: 977-01-6633643

E-mail: upakarsaccos@gmail.com

© 2019 Upakar Saccos. All right reserved.